Logo

थापाको गोललाई शाहको १ लाख, भारतसँग आक्रमक खेलिने थापाको भनाइ

थापाको गोललाई शाहको १ लाख, भारतसँग आक्रमक खेलिने थापाको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ फागुन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका सिइओ अनिलकेशरी शाहले नेपाली फुटबल टोलीका कप्तान सागर थापालाई प्रोत्साहन स्वरुप १ लाख रुपैंयाबाट सम्मान गरेका छन् ।

आइतबार मेगा बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मेगा बैंकका सिइओ शाहले व्यक्तिगत रुपमा एक लाख रुपैंया नगद गरेका हुन् । भारतको नेहरु रंगशालामा भएको सातौं साफ च्याम्पियनसिपमा सागरले बंगलादेशविरुद्ध फ्रिकिक बाट गरेको गोलको सम्झना गर्दै  शाहले सो रकम दिएका हुन् । ‘फुटबल धेरै हेरिन्छ तर थापाले गरेको त्यो गोल एकदम मिठो थियो,’ उनले भने, ‘भारतसँग राम्ररी खेल्नुस्, जितेर आउनुस् ।’ फुटबल टोलीको कप्तानको रुपमा जितका लागि सागरको भूमिका निकै ठूलो रहेको समेत उनले बताए ।

नेपाली टोलीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भिक छनोट चरणको खेलमा आगामी मार्च १२ तारिख अर्थात फागुन २८ गते भारतको गुहाटीमा भारतसँग खेल्दैछ । त्यसको पाँच दिनपछि मार्च १७ तारिखमा घरेलु मैदान त्रिभुवन रंगशालामा नेपालले होम गेम खेल्दैछ ।

नेपाललाई १२ बर्षपछि सेमिफाइनलमा पुर्याउन सफल नेपाली टोलीका कप्तान सागर थापाले पनि बंगलादेशविरुद्धको सनसनीपूर्ण गोलको सम्झना गरे । नेपालको जितका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताए । ‘अहिलेसम्म तयारी राम्रो छ, जितका लागि हामी भारतसँग आक्रमक खेल खेल्नेछौँ,’ उनले भने ।

यसैगरी, नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफ्यानोक्सीले भारतसँगको खेल अघि खेलाडीलाई सम्मान गरिनुले सकारात्मक सन्देश दिएको बताए । भारतसँगको खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL