Logo

नेपालको जलविद्युत्मा लगानी गर्न श्रीलंका तयार, केही हप्ताभित्रै ठोस निर्णय लिइने

नेपालको जलविद्युत्मा लगानी गर्न श्रीलंका तयार, केही हप्ताभित्रै ठोस निर्णय लिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ फागुन, काठमाडौं । श्रीलंकाले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका श्रीलंकाका पूर्वअर्थमन्त्री शरद अमुनुगामाले अर्थमन्त्री डा रामशरण महतसँगको भेटमा सो कुरा बताएका हुन् ।

नेपालको जलविद्यत् बजारको सुनिश्चितता भएकोले श्रीलंकाका लगानीकर्ताहरु नेपालको जलविद्युतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको अमुनुगामाले जानकारी दिए । ‘अहिले पनि श्रीलंकाका लगानीकर्ताहरु अफ्रिकी मुलुकहरुमा गएर उर्जा क्षेत्रमा लगानी गरिरहेका छन,’ उनले भने, ‘अव नेपालमा लगानीको वातावरण बनेकोले यहाँ लगानी गर्न तयार रहेका छन ।’ उनले आउँदो हप्ता काठमाडौंमा आयोजना हुने उर्जा विकाससम्वन्धी सम्मेलनका क्रममा नै केही ठोस निर्णयहरु हुन सक्ने समेत जानकारी दिए । उक्त भेटमा श्रीलंका र काठमाडौंबीच सीधा हवाई सम्पर्क स्थापित गर्नेबारे पनि छलफल भएको थियो ।

ramsharan

 

सो अवसरमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गरी लाभ लिन सकिने वातावरण निर्माण भएको जानकारी दिए । विशेषगरी भारतसँगको विद्युत व्यापार सम्झौता र सार्क बैठकका अवसरमा भएको दक्षिण एसियाली मुलुकहरुबीचको प्रसारण लाइन सम्झौताले नेपालमा विशेषगरी जलविद्युतका क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण निर्माण भएको र सो क्षेत्रमा लगानी आइरहेको बताए । नेपालमा जलविद्युत विकासको प्रचूर संभावना रहेको छ तर संभावनाको एक प्रतिशत मात्र उत्पादन भएको छ,’ उनले भने, ‘नेपालको जलस्रोत सुनखानीभन्दा पनि मूल्यवान छ ।’ हिमालयको अटुट स्रोतले विजुलीको जतिपनि उत्पादन गर्न सकिने र आर्थिक विकासलाई तिब्रता दिने ठूलो संभावना रहेको बताउँदै सरकारले पनि यसलाई उच्च प्राथमिकता दिएको जानकारी गराए ।

साथै अर्थमन्त्री डा महतले श्रीलंकाले जलविद्युतका क्षेत्रमा लगानी गरी लाभ लिन सक्ने भएकोले त्यहाँको निजीक्षेत्रलाई नेपालको जलविद्युतमा लगानीका लागि सन्देश पुर्याइदिन आग्रह गरे । नेपालमा पर्यटनको पनि संभावना प्रचूर भएको उल्लेख गर्दै गर्दै भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भैरहेकोले लुम्बिनीको पर्यटनको विकासका लागि ठूलो मद्दत पुग्ने आशा व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL