Logo

अर्थमन्त्रालयद्वारा पुँजी बजार सुधारका लागि कार्यदल गठन, ५ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन

अर्थमन्त्रालयद्वारा पुँजी बजार सुधारका लागि कार्यदल गठन, ५ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन



काठमाडौं । पुँजी बजारमा देखिएका विसङ्गति र समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ । अर्थमन्त्रीस्तरको २०८२ असोज ३ गतेको निर्णयअनुसार गठित कार्यदलले पाँच दिनभित्र ठोस कार्यान्वयन कार्ययोजना पेश गर्नुपर्नेछ ।

गठित कार्यदलमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहेका छन् । नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक कामु निरन्जन फूयाँल सदस्य र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिव रहेका छन् ।

सरकारले कार्यदलमार्फत प्रणालीगत तथा प्रक्रियागत सुधारका सुझावसहित तत्कालीन समस्याको समाधान खोज्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्