Logo

सेयर मार्केट्समा आगलागी, क्षतिको विवरण आउन बाँकी

सेयर मार्केट्समा आगलागी, क्षतिको विवरण आउन बाँकी


बिजखबर संवाददाता
4k
Shares

काठमाडौं । पुतली सडकस्थित सेयर मार्केट्स कम्प्लेक्समा आगलागी भएको छ । बिहान करिब पौनै १० बजे आगलागी भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सेयर मार्केट्सको माथिल्लो तलामा आगलागी भएको र हाल सबै तिरका दकमल प्रयोग गरी आगो निभाउनले प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । ‘सेयर मार्केट्स कम्प्लेक्सको माथिल्लो तलामा ठूलै आगलागी भएको थियो,’ प्रहरीले भने, ‘तर, अहिले दमकलको प्रयोग गरेर स्थिती केही सामान्य भएको छ ।’

आगलागीको प्रकृति हेर्दा ठूलै क्षति भएको हुनसक्ने प्रहरीको भनाइ छ । तर, आगलागी नियन्त्रण नआईसकेकाले थयार्थ विवरण आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL