Logo

योजना आयोगका उपाध्यक्ष वाग्लेले आज राजीनामा दिँदै

योजना आयोगका उपाध्यक्ष वाग्लेले आज राजीनामा दिँदै


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले राजीनामा दिने भएका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले यस्तो जानकारी दिएका हुन् ।

उपाध्यक्ष भएको ६ महिनामा उनले राजीनामा दिन लागेका हुन् । उनी गत  साउन १९ गते योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन् ।

उनले आफ्नो कार्यकालमा सक्दो काम गरेको बताए । ‘८ ओटा एजेन्डासहित यो पद सम्हालेको थिए’ उनले भने ‘जतिसक्दो पुरा गर्ने प्रयास गरेको छु ।’

त्यसो त २०७२ मा सुशिल कोइराला नेतृत्वको सरकार र अघिल्लो सरकारको पालामा उनले आयोगका सदस्यको रुपमा काम गरिसकेका छन् ।
गोरखाको बुङकोटमा जन्मिएका वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL