Logo

अर्थमन्त्रीको अध्यक्षतामा गर्भनर सिफारिस कमिटि, सदस्यहरुमा राणा र तिमलसिना

अर्थमन्त्रीको अध्यक्षतामा गर्भनर सिफारिस कमिटि, सदस्यहरुमा राणा र तिमलसिना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ फागुन, काठमाडौं । सरकारले गर्भनर सिफारिस कमिटि गठन गरेको छ । मन्त्रिपरिषद्को आज वसेको बैंठकले अर्थमन्त्री डा. रामशरण महतको अध्यक्षतामा ३ सदस्यीय गर्भनर सिफारिस कमिटि गठन गरेको हो ।

सो कमिटिमा पूर्व गर्भनरका तर्फबाट हिमालय शम्सेर राणा रहेका छन् । त्यस्तैगरी अर्थशास्त्रीका तर्फबाट डा. पार्थिवेश्वर तिमलसिना रहेको प्रधानमन्त्रीका प्रेश सल्लाहाकार प्रकाश अधिकारीले बताए । । तिमलसिना नेपाल राष्ट्र बैंकका पूर्व संचालक समिति सदस्य हुन् ।
सो कमिटिले मन्त्रिपरिषद्मा आगामी गर्भनरका लागि ३ जनाको नाम सिफारिस गर्ने छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाको म्याद सकिन लागेकाले मन्त्रिपरिषद्ले नयाँ गर्भनर छनौंटका लागि अर्थमन्त्री डा. महतको अध्यक्षतामा कमिटि गठन गरेको हो । खतिवडाको म्याद आगामी चैत ६ गतेबाट सकिने छ । साथै, उनी केही समयछि विदामा वस्दैछन् ।

अर्थमन्त्री डा. महतले गर्भनर सिफारिस कमिटि गठन भएसँगै छिट्टै नै नयाँ गर्भनर नियुक्ति गरिने बताएका छन् । ‘अहिलेका गर्भनरको समयावधि झण्डै १ महिना बाँकी छ,’ उनले भने, ‘सरकारले सो समयभित्रै गर्भनर नियुक्ती गरिसक्नेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL