Logo

क्यानमहासंघमा न्यौपाने समुहको उम्मेदवारी, संस्थागत अनिमियतता हटाउने दावी

क्यानमहासंघमा न्यौपाने समुहको उम्मेदवारी, संस्थागत अनिमियतता हटाउने दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ फागुन, काठमाडौं । कम्प्यूटर एसोसियसन अफ नेपाल महासंघ (क्यानमहासंघ) को आसन्न छैठौं निर्वाचनका लागि नारायण न्यौपाने समुहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । क्यानमहासंघको द्धितिय उपाध्यक्षको रहेका न्यौपानेको समूहले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उम्मेदवारी घोषणा गरेको हो ।

न्यौपानेको समूहमा व्यक्तिगत तर्फ चन्द्रविलास भूर्तेल, ज्ञानु राजमहर्जन, खगेन्द्र श्रेष्ठ, सुन्दर न्यौपाने र कृष्ण प्रसाद आचार्य रहेका छन् । व्यक्तितगत आजीवनतर्फका उम्मेदवारहरुमा त्रिशक्तिसुन्दर जोशी र अमित अग्रवाल रहेका छन् । त्यसैगरी संस्थागत आजीवनतर्फका उम्मेदवारमा बिक्रम सिंह रहेका छन् ।

न्यौपाने समूहमा संस्थागततर्फबाट दिपक भण्डारी, नरेश श्रेष्ठ, शर्मिला भूजेल, शुशिल के.सि. र कपिलबाबु पन्त रहेका छन् । त्यसैगरी विषयगततर्फका उम्मेदवारहरुमा शैलेन्द्र कुमार झा र मुकुन्द ढुंगाना रहेका छन् भने क्षेत्रीय उम्मेदवारहरुमा राम राई, श्यामकल श्रेष्ठ, प्रविनकुमार शाह, नवराज कुँवर तथा जगन गुरुङ रहेका छन् ।

narayan-naupane

शनिवार उम्मेदवारी घोषणा कार्यक्रममा मध्य पश्चिमाञ्चलबाट रेशम गिरीले आफ्नो उम्मेदवारी दिएका छन भने सुदुर पश्चिमाञ्चलबाट टेकराज पनेरु र सुनिलदत्त ओझाले न्यौपाने समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।
विगत एक दशकदेखि सुचनाप्रविधिको क्षेत्रमा सक्रियरुपमा आबद्ध रहेका न्यौपानेको समूहलाई क्यानका संस्थापक सि.एन. उपाध्याय तथा क्यानका पूर्वअध्यक्ष विप्लवमान सिँहलगायत पुर्व अध्यक्षहरुको पनि समर्थन रहेको छ ।

न्यौपानले क्यानमा देखिएको अनियमितता र मिचाहा प्रवृत्तिको अन्त्यगर्न आफ्नो समुहले उम्मेदवारी दिएको बर्ताका छन् । साथै, क्यानको पूरानो गौरव पूनस्र्थापना गर्न, आर्थिक रुपमाक्यानलाई सवलपार्न, सबै क्यानकालािग, सबैको लागिक्यान बनाउनतथा पुरानालाई सम्मान र नयाँलाई अवसर प्रदानगर्दै प्रगतिशील वर्तमान बनाउन आफ्नो समुहले उम्मेदवारी घोषणा गरेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL