राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण


बिजखबर संवाददाता
29 December, 2017 12:31 pm

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेका छन् ।

Bajaj
Nabil_bank

राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश शुक्रबार प्रमाणीकरण गरेकोे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो राजनीतिक गत्यावरोधलाई अन्त्य गर्ने उद्देश्यले उक्त अध्यादेश प्रमाणीकरण गरेको अधिकारीको भनाइ छ ।

यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतासँग संवाद गरेका थिए ।

उक्त अध्यादेश प्रमाणिकरणको लागि सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो /रासस

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips