Logo

साझाले रुट परिवर्तन गर्दै , स्वयम्भुदेखि पशुपतिसम्म सेवा सञ्चालन गरिने

साझाले रुट परिवर्तन गर्दै , स्वयम्भुदेखि पशुपतिसम्म सेवा सञ्चालन गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

५ फागुन,काठमाडौं । साझा यातायातले रुट परिवर्तन गर्ने भएको छ । साझाले कंलकी–त्रिपुरेश्वर–एयरपोर्ट रुटलाई बुधवारदेखि स्वयम्भु–कंलकी–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क–जमल–कमलपोखरी–गौशाला हुदै एयरपोर्टसम्म सञ्चालन गर्ने भएको हो ।

साझाले दुईबर्षदेखि काठमाडौं उपत्यकाका उत्तर दक्षिण र पूर्व पश्चिमका दुईवटा ट्रंक रुटमा सेवा पुर्याउदै आएको छ ।

हालै विस्तारित कमलपोखरी–गौशाला सडक खण्डका यात्रुहरुको सुविधा तथा धामिर्क एंवम पर्यटकीय महत्व बोकेका स्वयम्भुनाथ र पशुपतिनाथलाई एक आपसमा जोड्नुका लागि रुठ परिवर्तन गरिएको बताइएको छ । साथै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समेत बस सेवा पुर्याउन अत्यावश्यक भएको साझा यातायातले जानकारी दिएको छ ।

हालको परिमार्जनबाट त्रिपुरेश्वरदेखी तिनकुने खण्डमा भने साझा बस कुद्ने छैन् । निकट भविष्यमा साविक रुटका साथै उपत्यकाका अन्य शहरी रुटहरुमा समेत सेवा विस्तारको योजना रहेको साझा यातायातले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL