Logo

करिव ३ अंकले घट्यो नेप्से, ३३ करोडको कारोवार

करिव ३ अंकले घट्यो नेप्से, ३३ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ फागुन,काठमाडौं । सोमवार नेप्से परिसुचक २ दशमलव ८२ अंकले घटेको छ । साताको पहिलो दिन आइतवार ५ दशमलव ३६ अंकले बढेको नेप्से सोमवार घटेर ९ सय ८७ विन्दुमा पुगेको छ ।

बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक तथा जलविद्युत समूहको परिसुचक घटेको छ । सोमवार बैंक समूहको परिसुचक ४ दशमलव ९५ अंकले घटेको छ । त्यस्तै होटल समूह तर्फ १३ दशमलव २८, जलविद्युत २६ दशमलव ५३ र बीमा समूहको परिसुचक २ दशमलव ५९ले आरोलो लागेको छ ।

यता ट्रेडिङ ,विकास बैंक तथा फाइनान्सको परिसुचक भने उकालो लागेको छ । जसमा ट्रेडिङ को ७ दशमलव १८, फाइनान्स ९ दशमलव १६ र विकास बैंकको परिसुचक २ दशमलव ८३ अंकले बढेको छ ।
सो दिन १ सय ५३ कम्पनीको १३ लाख २० हजार कित्ता शेयरबाट र ३३ करोड ६९ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL