Logo

काम चलाउ सरकारलाई बामगठबन्धनको थ्रेट, अहिलेका सबै निर्णय सबै उल्टिछ

काम चलाउ सरकारलाई बामगठबन्धनको थ्रेट, अहिलेका सबै निर्णय सबै उल्टिछ


बिजखबर संवाददाता
2k
Shares

काठमाडौं । नेकपा एमालेले काम चलाउ सरकारले गरेको सबै निर्णय उल्ट्याउने भएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले आज विभिन्न सार्वजनिक संस्थानमा महाप्रबन्धक नियुक्त गरेसँगै एमालेले विज्ञप्ती नै जारी गरेर काम चलाउन सरकारले गरेको सबै निर्णय उल्ट्याउने बताएको हो ।

सरकारले आज गोरखापत्र संस्थान, दुग्ध विकास संस्था, चलचित्र विकास बोर्ड, राष्ट्रिय आम संचार प्रतिष्ठानजस्ता संस्थामा प्रमुख नियुक्ती गरेसँगै त्यस्ता निर्णयहरु अब बन्ने सरकारले खारेज गर्ने जानकारी दिएको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा मौका छोपरे निर्णय गर्न खोज्नु सरकारको दुराशय र जनादेश विपरित कदम हो,’ एमालेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस्ता निर्णय गर्न स्थानी सरकार मानिने निजामति कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन आग्रह गर्दछौं ।’

नेपाली जनताले बामगठबन्धनलाई दुई तिहाई बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको अवस्थामा अहिलेको सरकारले गरेको कुनै पनि निर्णयलाई निरन्तरता नदिने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL