Logo

मतपत्रमा पैसा भेटिएपछि रोकियो मतगणना !

मतपत्रमा पैसा भेटिएपछि रोकियो मतगणना !


बिजखबर संवाददाता
891
Shares

काठमाडौं । प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना रोकिएको छ । मतपत्रमा पैसा भेटिएपछि सो क्षेत्रमा मतपत्र पैसा भेटिएपछि मतगणना नै रोकिएको हो ।

मत्रपमा २० रुपैयाँको नोट भेटिएपछि मतगणना नै रोकिएको जिल्ला स्थित निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले पैसा भेटिएको मतपत्र हेर्दै नहेरी बदर गरेको थियो । तर, राजनीतिक दलले त्यसमै बखेडा गरेपछि विवाद उत्पन्न भएको हो ।

सो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा उपप्रधानमन्त्री बिजय गच्छदार र बामगठबन्धनमा उम्मेदवार एमालेकी भगवती चौधरी चुनावी प्रतिप्रस्धामा छन् । हालसम्मको मत परिणाम अनुसार एमालेकी चौधरी अगाडी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL