काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनी राना विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणालाई पराजित गर्दै विजयी भएका हुन् ।
रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।
त्यस्तै तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । उनले ६ हजार ४६४ मत पाएका छन् ।