Logo

हिमाल पारीको जिल्ला मुस्ताङमा एमालेको क्लिन स्वीप

हिमाल पारीको जिल्ला मुस्ताङमा एमालेको क्लिन स्वीप


बिजखबर संवाददाता
54
Shares

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ । हिमाल पारीको जिल्ला मुस्ताङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा जीत हासिल गर्दै क्लिन स्वीप गरेको छ ।

जसमा प्रदससभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन विजयी भएका छन् । उनले ३ हजार ५ सय ४४ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार २ सय ८१ मत ल्याएका छन् ।

यसैगरी प्रदेशसभा १ (क)मा एमालेका इन्द्रधारा विष्टले १ हजार १ सय ६७ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी छिरिङधावा गुरुङले ६ सय ५७ मत प्राप्त गरे ।

मुस्ताङको प्रदेशसभा १ (ख)मा एमालेकै महेन्द्रबहादुर थकालीले २ हजार ५ सय ८४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी छिरिङ गुरुङले २ हजार २ सय ५९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL