Logo

एमाले अध्यक्ष ओली, सिटौला र कार्कीले आफैलाई हाल्न पाएनन् भोट

एमाले अध्यक्ष ओली, सिटौला र कार्कीले आफैलाई हाल्न पाएनन् भोट


बिजखबर संवाददाता
2.1k
Shares

प्रतिनिधिसभाको उम्मेदवार बनेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न बञ्चित भएका छन् ।

गृहजिल्ला झापा भएका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर २ मा रहेको छ । यसैगरी कांग्रेस नेता सिटौलाको पनि
भद्रपुर नगरपालिकाको वडा नं १० निर्वाचन क्षेत्र नं १ मा परेपछि आफुले आफैँलाई मतदान गर्न बञ्चित भएका हुन् । उनी झापा ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् ।

यसैगरी वाम गठबन्धनका तर्फबाट झापा– १ का उम्मेदवार सुरेन्द्र कार्की पनि आफुले आफैलाई मतदान गर्न बञ्चित भएका छन् । झापाबाट उम्मेदवार बनेका कार्कीको मतदाता नामावली काठमाडौं—१ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL