Logo

निर्वाचनको तयारी पुरा, बिहीबार १ करोड २२ लाखले मतदान गर्दै

निर्वाचनको तयारी पुरा, बिहीबार १ करोड २२ लाखले मतदान गर्दै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । निर्वाचन आयोगले बिहीबार हुने निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन अन्तरगत बिहीबार ४५ जिल्लामा निर्वाचन हुँदैछ । भोली हुने निर्वाचनमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता सहभागी हुने आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार बिहीबार हुने निर्वाचनमा कुन १ लाख ५५ हजार कर्मचारी परिचालन हुनेछन् । कुल ७ हजार ७ सय ५२ स्थलका लागि १५ हजार ३ सय ३३ मतदाता प्रबन्धसहित परिचालन गरिएको छ ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचनमा आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्रका साथै नागरिकता, जग्गाधनी पुर्जालगायत फोटो सहितको सरकारी परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL