Logo

अर्थसमितिले भन्यो, स्वीस बैंकको कालोधन तत्काल छानविन गर्नु, भारतमा रहेको पनि छानविन गर्नुपर्ने सभासद्को माग

अर्थसमितिले भन्यो, स्वीस बैंकको कालोधन तत्काल छानविन गर्नु, भारतमा रहेको पनि छानविन गर्नुपर्ने सभासद्को माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले स्वीट्जरल्याण्डमा रहेको नेपालीहरुको रकमको तत्काल छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । समिति आज बसेको बैठकले स्वीट्जरल्याण्डको एचएसबीपी बैंकमा रहेको नेपालीहरुका रकम तत्काल छानविन गर्न सरकारलाई निर्देश्न दिएको हो ।

एचएसबीपी बैंकमा ८ नेपालीले ५ करोड ४० लाख डलर रहेको भन्ने समाचार सार्वजानिक भएपछि अर्थ समितिले सो बारेमा बुभ्mन आइतबार अर्थमन्त्री डा. रामशरण महत, राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा र सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागका महानिर्देशक केवल भण्डारीलाई समितिको बैठकमा बोलाएको थियो ।

अर्थमन्त्री विदेशमा रहेकाले समितिको बैठकमा उपस्थित नभए पनि अर्थसचिव सुमन प्रसाद शर्मा, गभर्नर खतिवडा र महानिर्देशक भण्डारी उपस्थित थिए ।

स्वीस बैंकमा नेपालीहरुको कालोधन भएको समाचार आइरहेका बेला सरकारले आफ्नो औपचारिक धारणा अहिलेसम्म सार्वजानिक नगरेको भन्दै यसबारे तत्काल सत्यतथ्य पत्ता लगाई सार्वजानिक गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, समितिले स्वीजरल्याण्डलगायतका अन्य देशसँग पारस्पारिक कानूनी सहायताका लागि तत्काल प्रक्रिया थाल्न पनि सरकारलाई दिर्नेशन दिएको छ ।

त्यस्तै, विदेशमा पैसा जान रोकेर स्वदेशमै लगानी गर्ने वातावरण निर्माण गर्न र उद्योेग व्यवसाय सञ्चालन गर्न अजय सुमार्गीलगायतले नेपालमा ल्याएको पूँजी सम्बन्धित क्षेत्रमा खर्च भएको वा नभएको भन्ने तथ्यांक समिति समक्ष पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL