Logo

उद्योग राज्य मन्त्री लामालाई पदमुक्त गर्न सिफारिस

उद्योग राज्य मन्त्री लामालाई पदमुक्त गर्न सिफारिस


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिस गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठनमा महत्वपूर्ण भूमिका खेलेका लामालाई पार्टी हितविपरित काम गरेको भन्दै मन्त्रिपरिषद् सदस्यबाट पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै सिफारिस गरेका हन् ।

लामाले पार्टी हितविपरीत एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनलाई असहयोग गरेको भन्दै अध्यक्ष राणाले पदमुक्त गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् । हाल मन्त्रिपरिषद्मा राणाले लामालाई पदमुक्त गर्न सिफारिस पत्र आइपुगेको र प्रधानमन्त्री आउनासाथ कार्यान्वयनमा स्रोतले जानकारी दिएको छ । राप्रपा (प्रजातान्त्रिक) को महामन्त्रीसमेत रहेका लामा २०७० सालको संविधानसभा निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालबाट समानुपातिक निर्वाचन प्रणालीबाट सभासद् भएका थिए ।

राणाले प्रधानमन्त्री समक्ष पेस गरेको सिफारिस पत्रमा लामालाई पार्टीको महामन्त्रीबाट समेत निष्काशन गरिएको उल्लेख छ । ‘लामा मन्त्री रहेकोले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ९ (ग) बमोजिम निजलाई उद्योग राज्यमन्त्री पदबाट मुक्त गरिदिनुहुन संविधानबमोजिम सिफारिस गर्दछु’, राणाको सिफारिसमा उल्लेख छ ।

लामाले पार्टी विभाजन हुँदा कमल थापा नेतृत्वमा अगल भई राणा नेतृत्वमा गएका थिए । उनी यस अघि पनि स्थानीय विकास सहायक मन्त्री थिए । लामाले यस पटक जिल्ला कार्यसमितिको बैठकबाटै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गराएका थिए । साथै उनी आइतबार आफ्नो उम्मेदवार विरुद्ध चितवमा भोट माग्न जाने सुचना पाएपछि पार्टीबाटै निश्काशन गरिएको राप्रपा (प्रजातान्त्रिक)ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL