Logo

पाल्पामा निस्कियो हावाबाट बिजुली

पाल्पामा निस्कियो हावाबाट बिजुली


बिजखबर संवाददाता
27
Shares

पाल्पामा हावाबाट विजुली निकाल्ने काम सम्पन्न भएको छ । पिडा पिडा काठमाण्डौं नेपाल, काठमाण्डौं अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिसका सामाजिक संस्थाको सहयोगमा पाल्लाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालिएको हो ।

उक्त संस्थाले १ हजार २ सय वाट क्षमताबाटको बिजुली निकालेको हो । सो बिजुली निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा जोडिएको छ । बिजुली बत्तीसँगै विद्युतबाट आवश्यक पर्ने सबै काम गर्न सजिलो भएको वडाध्यक्ष नेउबहादुर सुनारीले बताए ।

मित्यालबाट निकट भविष्यमा नै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपालले पनि हावाबाट बिजुली निकाल्ने योजना बनाएको छ । सो बिजुली निस्दी गाउँपालिकाका झ्याल्टुक, मौलाथर, घुम्सीवर र मित्याल बजार रुक्सेभन्ज्याङ्ग लगायतका सबै सरकारी तथा गैरसरकारी कार्यालयमा हावाबाटै बिजुली निकालेर सेवा दिने योजना रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL