Logo

एसीसी यू-१९ एशिया कपमा मलेशिया विरुद्ध नेपालको शानदार जित

एसीसी यू-१९ एशिया कपमा मलेशिया विरुद्ध नेपालको शानदार जित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एसीसी यू९१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले मलेसियामाथि ८ विकेटको जित हासिल गरेको छ ।

वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा मलेसिया १५।३ ओभरमा अल आउट हुदै ४५ रनमा समेटिएको थियो । नेपालले पछि जवाफी व्याटिङमा मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

घरेलु टोली मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५।३ ओभरमा पुरा गरेको हो ।

ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम साार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जित दिलाए । साहले छक्का प्रहार गरेर नेपालार्इ जित दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL