Logo

अर्थमन्त्रीले गरे सडक सुरुङ प्रविधिको अवलोकन, जापानले नेपाललाई सहयोग गर्ने

अर्थमन्त्रीले गरे सडक सुरुङ प्रविधिको अवलोकन, जापानले नेपाललाई सहयोग गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२९ माघ,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जापानको सिगुओकास्थित तारुताउज सुरुङ सडक यसमा प्रयोग भएको प्रविधिको अवलोकन गरेका छन् । नेपालको नागढुंगामा यस्तै सुरुङमार्ग निर्माण हुन लागेको र यहाँको भौगोलिक अवस्थिति मिल्दोजूल्दो भएकोले सो सडकको अवलोकन गरेका हुन् ।

नेपालको पूर्वाधार निर्माणलाई उच्च महत्व दिएका अर्थमन्त्री डा महत नेपालको सडक विकासमा जापानी सुरुङ प्रविधि भित्र्याउन अध्ययनका लागि जापान पुगेका बताइएको छ । सो सुरुङमार्ग ४दशमलव ५ किलोमिटर लामो रहेको छ । जापानले यस्ता सुरुङमार्ग करिब १० हजारको संख्यामा निर्माण गरेको छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको निमन्त्रणामा जापान पुगेका उनले सुरुङ सडकको अवलोकन पश्चात वरिपरि गरिएको वातावरण तथा पर्यावरण संरक्षणको प्रशंसा गरे ।

Aarthamantri

यसैबीच अर्थमन्त्री डा महत र जापानका अर्थराज्यमन्त्री इशु सुगावाराबीच भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री डा महतले जापानले नेपाललाई विगत लामो समयदेखि उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे । तनहुँ जलविद्युत आयोजनाका लागि जापानले गरेको सहयोगको लागि धन्यवाद दिए । जापानले पूर्वाधार, स्वास्थ्य, कृषि, उर्जा, सडक लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नेपाल र जापानको भौगोलिक अवस्थिति उस्तै भएको चर्चा गर्दै जापानले प्रयोगमा ल्याएको सडक सुरुङ प्रविधि नेपालका लागि पनि प्रभावकारी हुने बताए ।
साथै जापानमा करिव ३० हजार नेपाली रहेको र उनीहरुले दुई मुलुकबीचको सम्वन्धलाई गाढा बनाउन ठूलो सहयोग पु¥याएको चर्चा गरे ।

महतले नेपालको पूर्वाधार निर्माण कार्यमा जापानको थप सहयोगको आशा गरे । ‘आगामी सन २०२२ सम्ममा कम विकसितबाट विकासोन्मुख मुलुकहरुको स्तरमा पुग्ने लक्ष्य भएकोले पूर्वाधारलगायत अन्य क्षेत्रमा ठूलो लगानी आवश्यक छ’,उनले भने ‘यसका लागि जापानबाट थप सहयोगको अपेक्षा गरिएको छ ।’ सो अवसरमा अर्थराज्यमन्त्री सुगावाराले नेपालको सडक निर्माणका क्रममा उच्चस्तरको सुरुङ सडक प्रविधि प्रयोग गरिने जानकारी दिए । बनेपा बर्दिबास सडक निर्माण पूरा भएकोमा बधाई दिदै सुगावाराले नेपालको विकासका लागि जापानले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL