Logo

संसारले जापानबाट कारोवार सुरु गर्यो, अन्य मुलुकमा सेवा विस्तार गरिदै

संसारले जापानबाट कारोवार सुरु गर्यो, अन्य मुलुकमा सेवा विस्तार गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ माघ,काठमाडौं । संसार रेमिटले जापानबाट कारोवार सुरु गरेको छ । जापानबाट पठाएको रकम नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट भुक्तानी गर्न सकिने छ ।

गैरआवासीय नेपाली तथा नेपालका व्यसायीहरुको लगानी रहेको  रेमिटले अमेरिका तथा विभिन्न खाडी मुलुकहरुमा समेत रेमिट्यान्स कारोवारको तयारी गरेको बताइएको छ ।

साथै रेमिटको आफ्नै भुक्तानी सञ्जालबाट पनि रकम लिन सकिने रेमिटले जानकारी दिएको छ ।

काठमाडौंको दरबारमार्गमा मुख्य कार्यालय रहेको रेमिटले स्पेन,इटाली र पोर्चुगलबाट यसअघि नै कारोवार सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL