Logo

कर फछ्र्यौट आयोग गठन, अध्यक्षमा एलडी महत, आयोग गठन स्वागत योग्य रहेको ज्योतिको भनाइ

कर फछ्र्यौट आयोग गठन, अध्यक्षमा एलडी महत, आयोग गठन स्वागत योग्य रहेको ज्योतिको भनाइ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२७ माघ, काठमाडौं । सरकारले कर फछ्र्योट आयोग गठन गरेको छ । करका बक्यौता सल्ट्याउने उद्देश्यका साथ सरकारले कर फछ्र्यौट आयोग गठन गरेको हो ।

सरकारले चार्टर एकाउन्टेण्ट एलडी महतको अध्यक्षतामा उक्त आयोग गठन गरेको छ । महत २०६३ लाखमा गठित कर पछ्योग आयोगका सदस्य पनि थिए । आयोगका सदस्यहरुमा उमेश ढकाल र आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा रहेका छन् । महत सर्लाहीका हुन् भने ढकाल मकवानपुर  निवासी हुन् । सो आयोगको म्याद आगामी असारसम्म रहनेछ । आवश्यक परेमा सरकारले उक्त आयोगको म्याथ थप समेत गर्न सक्नेछ ।

आयोगको कार्यालय आन्तरिक राजस्व विभागमै रहने भएको छ । यसैगरी, आयोगका लागि आवश्यक कर्मचारी व्यवस्थापन पनि विभागले नै गर्नेछ । करसँग सम्वन्धित विषयहरुमा बर्षौदेखि अल्झिएका विवाद सल्ट्याउने उद्देश्यका साथ सरकारले उक्त आयोग गठन गरेको हो । करको यस्तो बक्यौता करिब ४० अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।

lumb-dhoj-mahat

वास्तविक रकम अत्यन्तै न्युन भएपनि जरिवाना, ब्याज र यसको कुल मिलाएर बर्षैपिच्छे जरिवाना थप्दै जाँदा बक्यौता रकम धेरै देखिएको हो । कतिपय अवस्थामा विवादकाबीच करदाताको मृत्यु भै कर असूल हुन नसक्ने स्थिति रहेको छ भने कतिपय कर तिर्न नसकेर पलायन भैसकेका छन । कर कार्यालयहरु र करदाताबीच विवाद भएपछि कतिपय मुद्दाहरु अदालतमा गएका छन । यस्तै, कतिपय राजस्व न्यायाधिकरणमा अल्झिएका छन ।

विगत ८ बर्षदेखि उद्यमी व्यवसायीहरुले यस्ता विवाद मिलाउन आयोग गठनको माग गर्दै आएका थिए । चालु आर्थिक बर्षको बजेटमा नै आयोग गठनको लागि घोषणा गर्नुपर्ने उनीहरुको माग रहेको थियो । यसअघि ०३७, ०४३, ४९, ५३, ५८ र ६३ मा आयोग गठन गरिएको थियो । यस आयोगले गत दुई बर्ष यताका बक्यौता हेर्दैन भने भ्याटको नक्कली बिलबिजकबाहेकका बक्यौता हेर्ने अधिकार दिइएको छ । आयोग गठन हुनासाथ व्यवसायीहरुले यसको स्वागत गरेका छन ।

सरकारले कर फछ्र्योट आयोग गठन गर्नु एकदमै स्वागतयोग्य कुरा भएको नेपाल उद्योग वाणिज्य महासंघ कर राजस्व समितिका सभापति शौरभ ज्योतिले बताए । महासंघ कुनै पनि हिसावले आयोगलाई सहयोग गर्न तयार रहेको समेत उनले बताए । ‘व्यवसायीहरुले धेरै लामो समयदेखि कर फछ्यौंट आयोगको माग गर्दै आएका थिए,’ उनले भने, ‘सरकारले आयोग गठन गरेर व्यवसायीको माग संबोधन गरेको छ ।’

कर फछ्र्योट आयोग नुहँदा व्यवसायीको ५० अर्ब रुपैयाँभन्दा बढी रकम ब्लक भएको उनले जानकारी दिए । ‘व्यवसायीले विभिन्न विवादित विषयमा प्रशासनिक पुनरावलोक र राजस्व न्याधिकरणमा गरी ठूलो रकम धरौटी राखेका छन्,’ उनले भने, ‘उक्त धरौटी रकम र त्यसको ब्याज लगायतका विषयले गर्दा व्यवसायीहरु आर्थिक भारमा परेका छन् ।’

उनका अनुसार हाल विवादित अवस्थामा रहेका मुद्दाहरु किनारा लागेसँगै ठूलो मात्रामा लगानीयोग्य पूँजी बजारमा आउने छ । जसले गर्दा सरकार र व्यवसायी दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।

यसअघि सरकारले करको समग्र प्रणालीमै पुनरावलोकन गर्न कर पुनरावलोकन आयोग गठन गरिसकेको छ । यो आयोगले भने बक्यौतासँग सम्वन्धित कामहरु हेर्नेछ र विवादित मुद्दाहरुको फछ्र्यौट गर्नेछ । कर फछ्र्यौट आयोग गठन ऐन २०३३ अनुसार यस आयोगले काम गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL