Logo

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन, अल्प विकसित मुलुकका उत्पादनमा कर र कोटा नलगाउन आग्रह

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन, अल्प विकसित मुलुकका उत्पादनमा कर र कोटा नलगाउन आग्रह



काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अल्प विकासित मुलुकका उत्पादनको निर्यातमा कर र कोटा नलगाउन विकसित तथा विकाससिल मुलुकसमक्ष आग्रह गरेका छन् । न्युर्योकमा चलिरहेको संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई शनिवार सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘अल्पविकसित मुलुकहरुलाई विश्व व्यापार पद्धतिबाट लाभ हासिल गर्न सक्ने तुल्याउन हामी त्यस्ता मुलुकका उत्पादनको करमुक्त र कोटामुक्त बजार पहुँचको प्रावधान तत्काल कार्यान्वयनका लागि आह्वान गर्दछौ,’ सभालाई सम्बोधन गर्दै उनले भने ।

अल्पविकसित राष्ट्रहरुको खासखास आवश्यकताको सम्बोधन र उनीहरुको समावेशी विकासका लागि साधन स्रोतको वृद्धिमा जोड दिदै प्रधानमन्त्री कोइरालाले भने ‘अल्पविकसित र भूपरिवेष्ठित मुलुक नेपालले संस्थागत अभाव, दाक्षतामा कमी, व्यापक र जटिल विकासका चुनौतीहरुको सामना गरिरहन परेको छ ।’ नेपालले सन् २०२२ सम्ममा आफूलाई अल्प विकासित मुलुकको दर्जाबाट स्तरवृद्धि गर्ने लक्ष्य राखेको समेत उहाँले जानाकारी गारउनु भयो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL