Logo

फास्ट ट्रयाकबाट काम गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह, ठूला प्रोजक्टमा लगानी गरिने नाकाओको भनाइ

फास्ट ट्रयाकबाट काम गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह, ठूला प्रोजक्टमा लगानी गरिने नाकाओको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१९ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालमा सञ्चालित आयोजनाहरुको कार्यान्वयन छिटो र नयाँ मोडल बनाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष ताकेहिको नाकाओसँग अर्थमन्त्रालयमा भएको छलफलमा सो आग्रह गरेका हुन् । ‘लामो प्रक्रियाका कारण परियोजनाको कार्यान्वयनमा ढिलाई हुने गरेको छ,’ भेटमा महतले भने, ‘बैंकद्वारा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न आवश्यक छ यसले छिटो नतिजा आउनेछ ।’
छलफलमा उनले नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम छिटो गर्नुपर्ने बताए । ‘विमानस्थल अत्यन्तै साँघुरो भएको छ यसलाई छिटो स्तरोन्नति गर्नु आवश्यक छ,’ उनले भने, ‘सरकार जुनसुकै मोडलबाट काम गर्न तयार छ ।’ साथै, सरकार, दातृसंस्था र निजीक्षेत्र मिलेर भएपनि स्तरोन्नतिको काम गर्न हामी तयार छौं ।

जलविद्युतमा पछिल्लो समयमा राम्रो प्रगति भएको जानकारी दिदै बैंकको समेत सहयोगमा सञ्चालित तनहुँ जलविद्युत आयोजनाको काम अगाडि बढिसकेको बताए । आगामी दिनमा आयोजनाहरुको काम पनि हामी अगाडि बढाउन इच्छुक भएको जानकारी दिए । पछिल्लो समय आर्थिक परिसूचकहरु सकारात्मक रहेको भएपनि निकासीमा अझै पनि सुधार हुन नसकेको उनको भनाइ थियो । जलविद्युत आयोजनाहरु समयमा पूरा हुन सकेमा उर्जाको नियमित आपूर्ति भै उद्योग क्षेत्रको विकास हुन सक्ने र निर्यातमा पनि बृद्धि हुन सक्नेछ । उर्जा, पर्यटन र सिमेन्ट उद्योगमा लगानी बढेको उल्लेख गर्दै उहाँले केही बर्षपछि सिमेन्टको निर्यात हुने अर्थमन्त्रीले जानकारी दिए ।

ramsharan-adb-president
महतका अनुसार भैरहवाको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढिसकेको हुँदा यसले बढ्दो पर्यटक आगमनलाई मद्दत पु¥याउनेछ । सो विमानस्थल बैंकको सहयोगमा निर्माण भैसकेको छ । ‘लुम्बिनीमा गौतम बुद्धभन्दा पनि अघिका पुरातात्विक महत्वका बस्तुहरु भेटिएका छन । यसले विमानस्थलको निर्माणसँगै पर्यटन क्षेत्रलाई अझ थप सहयोग पु¥याउनेछ,’ उनले भने ।
सो अवसरमा बैंकका अध्यक्ष नाकाओले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुने बताए । स्थिति अनुकूल भएकोले ठूलो लगानीको लक्ष्य राख्न सुझाबदै नाकाओले पूर्वाधारको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । साथै, नेपालमा बैंकका धेरै परियोजनाहरु भएको बताउँदै तिनलाई घटाएर प्राथमिकताप्राप्त ठूला परियोजनामा केन्द्रित हुन सकिने उनको भनाइ थियो । अध्यक्ष नाकाओले बैंकको नेपालस्थित मिसन कार्यालयलाई बढी अधिकार प्रत्यायोजन गरी छिटो काम गर्न निर्देश गरेको पनि स्पष्ट पारे ।
अध्यक्ष नाकाओले नेपालमा रहँदा प्रधानमन्त्री सुशील कोइराला, योजना आयोगका पदाधिकारीहरुका साथै अन्य सरकारी उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL