Logo

चीनको सहयोगका परियोजना छिटो पुरा गर्न अर्थमन्त्रीको आग्रह, चीन सरकारको सकारात्मक प्रतिक्रिया

चीनको सहयोगका परियोजना छिटो पुरा गर्न अर्थमन्त्रीको आग्रह, चीन सरकारको सकारात्मक प्रतिक्रिया


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१५ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले चीन सरकारसँग चीनको सहयोगमा सञ्चालित विकास आयोजनाहरुको काम छिटो गर्न आग्रह गरेका छन् । बिहीवार चीनका राजदूत उ चुनताइसँगको भेटभाटमा उनले यस्तो आग्रह गरेका हुन् ।

विशेषगरी काठमाडौं चक्रपथको बिस्तार, रसुवागढी र तातोपानी, बेनी जोमसोम सडकको स्तरोन्नति तथा पोखरा विमानस्थलको निमाणका कामहरु छिटो पूरा गर्न अर्थमन्त्रीले आग्रह गरे ।
सो अवसरमा अर्थमन्त्री डा महतले चक्रपथको निर्माणलाई सबैतिरबाट काम शुरु गरेर छिटो पूरा गर्नुपर्ने आवश्यकता भएको बताए । उनले भैरहवा विमानस्थलको काम शुरु भैसकेको जानकारी दिए । साथै पोखराको क्षेत्रीय विमानस्थलको काम पनि छिटो शुरु गर्नुपर्नेमा जोड दिए । महतले नेपालमा लगानी गरी चीनले प्रचूर फाइदा लिनसक्ने संभावनातिर औल्याए ।

नेपालको बजार मात्र होइन, दक्षिण एसियाली देशहरुमा समेत निर्यात गर्न सकिने उनले जानकारी दिए ।   ‘नेपालले कम विकसित देशको सुविधा प्राप्त गरेकोले युरोप तथा अमेरिका जस्ता मुलुकमा पनि निर्यात गरेर बढी फाइदा लिन सकिन्छ, उनले भने त्यसैले बजार सानो छ भन्ने कुरै छैन ।’

भेटघाटका अवसरमा राजदूत चुनताईले आर्थिक विकासलाई तिब्रता दिनका लागि अर्थमन्त्री डा महतले गरेको अगुवाईको प्रशंसा गरे । साथै ती कामहरु छिटो पूरा हुने जानकारी दिए । चीनले अन्य मुलुकहरुसँग जस्तै नेपालसँग पनि स्वतन्त्र व्यापार क्षेत्रसम्वन्धी सम्झौता गर्न चाहेको बताए ।उनले नेपालमा संयुक्त लगानीमा चीनले औद्योगिक क्षेत्र तथा सूचना प्रविधि पार्क स्थापना गर्न चाहेको पनि जानकारी दिए ।

अर्थमन्त्री डा महतले चीन भ्रमणको समयमा पनि चीनका लगानीकर्ताहरु समक्ष नेपालमा संयुक्त लगानीका लागि आग्रह समेत गरे । सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र नेपालस्थित चिनिया दूतावासका अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL