Logo

ग्यासको अभाव हटाउन मन्त्रिपरिषदको निर्देशन, दुई रङको सिलिण्डर तत्काल कार्यान्वयनमा ल्याइने

ग्यासको अभाव हटाउन मन्त्रिपरिषदको निर्देशन, दुई रङको सिलिण्डर तत्काल कार्यान्वयनमा ल्याइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले खाना पकाउने ग्यासको चरमअभाव हटाउन आयल निगमलाई निर्देशन दिएको छ । कार्यालयले ग्यास आपूर्तिलाई १० दिनभित्र सहज बनाउन निर्देशन दिएको हो ।
मुख्यसचिव लीलामणी पौड्यालको संयोजक रहेको केन्द्रीय अनुगमन तथा मूल्याङकन समितिको बैठकले नेपाल आयल निगमलाई स्पष्ट कार्ययोजना सहित काम अघि बढाउन समेत निर्देशन दिएको छ ।

साथै बैठकले आगामी दिनमा निगम उपभोक्तासम्म सहज रुपमा पुगेको सुनिश्चितता हुने गरी आवश्यक अनुगमन, ग्यास आपूर्ति सहज बनाउन थप पूर्वाधार विकास गर्ने तथा न्यूनतम एक महिना पुग्ने गरी मौज्दात राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । ग्यासको कृतिम अभाव हटाउन व्यावसायिक र घरेलु प्रयोगका लागि तोकिएको निलो र रातो सिलिन्डर कार्यन्वयनमा ल्याउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL