Logo

शिवपुरी ड्रिंकिङ वाटर उद्योगमा बम विष्फोट

शिवपुरी ड्रिंकिङ वाटर उद्योगमा बम विष्फोट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिवपुरी ड्रिंकिङ वाटर इन्डिष्ट्रि प्रालीमा सोमवार विहान बम विष्फोट भएको छ । बिहान सवा ५ बजे ५ जना नकावधारी जवर्जस्ती उद्योगमा छिरेर बम विष्फोट गराएको कम्पनीका प्रवन्ध निर्देशक रमेश महतले जानकारी दिए ।

हात्तिगौडाको मानव मार्गमा रहेको सो कारखानामा जर्वजस्ती छिरेका ५ जना नकावधारीले पेट्रोल बम विस्फोट गराएका हुन् । बम विष्फोटबाट टोयाटाको यारिश कार  र एउटा मोटरसाइकलमा पूर्ण क्षती पुगेको उनले जानकारी दिए । साथै अर्को मोटरसाइकलमा समेत आंशिक क्षती पुगेको उनले बताए ।

कारखाना भित्र भने ढोका लगाएकोले बम हाने पनि क्षती नपुगेको महतले जानकारी दिए ।

महत चुनावी अभियानमा व्यस्त छन् । चुनावमा मनोवल गिराउने उद्देशयसहित बम विष्फेट गराएको हुनसक्ने उनको अनुमान छ । साथै यस्तो क्रियाकलापले चुनावी अभियानबाट पछि नहट्ने समेत उनले बताए ।

हाल प्रहरीले नकावधारीहरुको खोजतलास तथा अनुशन्धान गरिरहेको छ । महत पूर्व अर्थमन्त्री डा रामशरण महतका पिए हुन्।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL