Logo

अर्थमन्त्री महतद्वारा बेत्रावती स्याफ्रुबेसी सडकको शुभारम्भ, निर्माणको जिम्मा सेनालाई

अर्थमन्त्री महतद्वारा बेत्रावती स्याफ्रुबेसी सडकको शुभारम्भ, निर्माणको जिम्मा सेनालाई


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ माघ, रसुवा । अर्थमन्त्री डा रामशरण महतले बेत्रावती मैलुङ स्याफ्रुबेसी सडकखण्डको शुभारम्भ गरेका छन् । गल्छी देबीघाट हुँदै छोटो मार्गबाट रसुवागढी जोड्ने उक्त सडकखण्डको आज एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् ।

उक्त सडक खण्डको ट्रयाक खोल्नका लागि चालु आर्थिक बर्षको बजेटमा रकम विनियोजन गरिएको थियो । ट्रयाक खोल्ने जिम्मा लिल्एको नेपाली सेनाले उक्त कामको चालु आवको अन्त्यसम्ममा सकिने बताएको छ । उक्त ट्रयाक खुलेसँगै बेत्रावतीबाट धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ३२ किलोमिटर दुरी पार गर्नु पर्नेछ । यस अघि सो स्थानमा पुग्न ५० किलोमिटरको यात्रा गर्नुपथ्र्यो । ‘तपाईहरुको माग बमोजिम अव यो छोटो मोटरबाटो निर्माण शुरु भएको छ,’ उनले भने, ‘यसले यहाँको आर्थिक गतिविधिहरुलाई विस्तार गर्न ठूलो मद्दत पुग्नेछ ।’

ramsharan-nahat-rasuwa

मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढिसकेकोले केही बर्षभित्रै जनताको जीवनस्तरमा ठूलो सुधार आउने उनको भनाइ थियो । ‘बाटो बनेपछि गाउँको कृषि उपजलाई शहरसम्म लैजान सुगम हुने र आर्थिक उपार्जन राम्रो गर्न सकिने छ,’ उनले भने, ‘उत्तरतिरको नाका खुलेकोले सिर्जनशील भै काम गर्ने र त्यहाँको माग बमोजिम उत्पादन गर्ने हो भने नेपाली बस्तु निर्यातको ठूलो संभावना रहनेछ ।’ सरकार विकासको प्रतिफल छिटो जनतामा पु¥याउन क्रियाशील रहेको बताउँदै उनले स्थानीयबासीलाई विद्युत आयोजना तथा अन्य विकास निर्माणका कामहरुमा अवरोध नगर्न समेत आग्रह गरे । सरकार स्थानीय जनताका गुनासा तथा समस्याहरु समाधान गर्न तयार रहेको बताउँदै विकासको रफ्तारलाई नरोक्न नहुने बताए ।

ramsharan-mahat

सेनामा रहेको सीप, अनुशासन र जाँगरको सदुपयोग गर्नुपर्छ भनेर आफूले तत्कालिन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बखतदेखि सडक निर्माणको काम सेनालाई दिन थालिएको र सेनाले समयमा काम पूरा गरेर देखाउने गरेको बताए ।

सडक निर्माण शुभारम्भ कार्यक्रममा सभासदहरु बहादुरसिंह लामा, जनार्दन ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, अर्थसचिव सुमनप्रसाद शर्मा, प्रधान सेनापति गौरवशम्शेर राणा तथा सेनाका वरिष्ठ अधिकारीहरु, सडक विभागका महानिर्देशक माधवकुमार कार्की लगायतका उच्च पदस्थ अधिकारीहरुको सहभागित थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL