Logo

प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता, स्वत निलम्बन

प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता, स्वत निलम्बन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेस र माओवादी सांसदहरुले कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका हुन् ।

सत्तारुढ दल नेपाली काङग्रेस र माओवादी केन्द्रका २ सय ५९ सभासद्को हस्ताक्षर सहित महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोग प्रस्ताव दर्ता गराउन नेपाली काङ्ग्रेसका सभासद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सभासदहरु संसद सचिवालय पुगेका थिए ।

उनीमाथी कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको, कार्यविधी र कानुनको पालना नगरेको, न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको, शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएकोजस्ता आरोप अभियोगमा छ ।

स्वत निलम्बन

महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश कार्की स्वतः निलम्बनमा परेकी छिन् । संवैधानिक प्रावधान अनुसार संसदमा महाभियोग प्रक्रिया सुरु भएपछि प्रधानन्यायाधीश पदबाट स्वत निलम्बित हुनेछ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL