Logo

सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज असोज २१ गते मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यो भाउ हालसम्मकै उच्च हो । सोमबार सुन २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ भने स्थिर रहेको छ । यसदिन चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्