काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच नक्सालस्थित क्यापिटलको कार्यालयमा आश्विन १२ गते सम्झौता भएको हो । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सुमेरु पोलिमर्स लिमिटेलले पिभिसी पाईप तथा फिटिङ्गस्, एचडिपिई पाईप र सिपिभिसी पाईप तथा फिटिङ्गस् उत्पादन गर्दै आइरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय कुलेश्वर, काठमाडौंमा रहेको छ । वि.सं २०७४ सालमा प्राईभेट कम्पनीको रुपमा पनौति वडा नंं ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको छ ।