Logo

प्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ

प्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजनीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

पद तथा गोपनीयताको सपथ लिँदै प्रधानमन्त्री कार्की जेनजीको नाममा भएको आगजनी र तोडफोडले देशलाई ठूलो क्षति पुर्‍याएको बताएकी हुन् । “जेनजीको आगजनी र तोडफोडबाट हामी शून्यमा पुगेका छौं,” उनले भनिन्, “कार्यालयका महत्त्वपूर्ण फाइलहरू जलेर नष्ट हुँदा ठूलो क्षति भएको छ ।”

उनले थपिन्, “यो घटना देखेर मलाई लाज लागेको छ, यो नेपालीहरूको संस्कार होइन । यस घटनामा केही षड्यन्त्र भएको आशंका लागेको छ । यसको गहन अनुसन्धान गर्नुपर्ने भएको छ ।” प्रधानमन्त्री कार्कीले यस घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्