काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भएको भएको छ ।
यस्तै फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको स्रोतले बताएकोे छ। स्रोतका अनुसार आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको छ । तर यसबारेमा औपचारिक निर्णय नभएको स्रोतको दाबी छ ।