Logo

साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्ति समयमा ३० अंक बढीले घट्न पुगेको हो ।

आज कुल ३ सय २२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने हिजोको तुलनामा बढ्दै ८ अर्ब ९ करोड माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय २७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा २४ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ ।
आज समुहगत रुपमा म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओारालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्