Logo

स्मार्टच्वाइस टेक्नोलोजी पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा छनौट

स्मार्टच्वाइस टेक्नोलोजी पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा छनौट



काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पेमेन्ड कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड काउन्सील (पीसीआइ एसएससी)को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । विश्वका प्रतिष्ठित भुक्तानी सेवाप्रदायक कम्पनीहरु आवद्ध भएको उक्त काउन्सीलमा नेपालबाट प्रतिनिधित्व गर्नका लागि एससीटी चयन भएको हो ।

उक्त बोर्डमा एससीटीका अतिरिक्त गुगल इंक, भारतको एनपीसीआई, अमेरिकाको युरोनेटलगायतको प्रतिनिधित्व छ ।
पीसीआई एसएसएससीले पीसीआइडीएसएसलगायतका अन्तरराष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउँछ ।

भारत–दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्ड मार्फत पीसीआइ एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको कम्पनीले जानकारी दिएको छ ।

क्षेत्रीय संलग्नता बोर्डका सदस्यका रूपमा एससीटीले दक्षिण एशियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौतीहरू र अवसरबारे परामर्श प्रदान गर्ने, मापदण्ड र कार्यक्रम विकाससम्बन्धी सुझाव तथा प्रतिक्रिया दिनेलगायतका काम गर्नेछ । यस्तै कम्पनीले दक्षिण एशियाभर पीसीआई एसएससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने बताईएको छ ।

‘हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भइरहेको छ,’ एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे भन्छन्, ‘यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने एससीटीको प्रतिबद्धतालाई पुष्टि गर्दछ । हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तत्पर छौँ ।’

प्रतिक्रिया दिनुहोस्