Logo

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा उक्त आईपीओ आज बिहान बाँडफाँट भएको हो । स्वस्तिक लघुवित्तको आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो । उक्त आइपीओ गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । जस अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् । यसरी बाँडपाँट गर्दा बाँकी रहेको ५ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुलाई वितरण गरिएको छ । जस अनुसार ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् ।

लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइटबाट हेर्न सकिने छ

मेरो सेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

सिडिएसको वेबसाइट : https://iporesult.cdsc.com.np/

प्रतिक्रिया दिनुहोस्