Logo

सामान्य अंकले घटेर बन्द भयो बजार, कारोबार सात अर्ब ४६ करोडमाथि

सामान्य अंकले घटेर बन्द भयो बजार, कारोबार सात अर्ब ४६ करोडमाथि



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.६२ अंकले घट्दै २७ सय ८८ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय २० कम्पनीका १ करोड ९२ लाख ५८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार नाघेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय ८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

बिहीबार ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा भने गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्