Logo

वर्षासँगैको आएको बाढीपहिरोका कारण आज आठ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

वर्षासँगैको आएको बाढीपहिरोका कारण आज आठ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)



काठमाडौं । लगातारको वर्षासँगै गएको बाढी–पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । कोशी, अरनिको, दशरथ चन्द राजमार्गलगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बैतडीमा दशरथ चन्द राजमार्ग मंगलबार (साउन १३) बिहान करिब ०७ः५० बजेदेखि अवरुद्ध छ । पाटन नगरपालिका–४, जेउडेमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गुल्मीमा मंगलबार बिहानदेखि दुई ठाउँमा सडक अवरुद्ध छ । अविरल वर्षासँगै चन्द्रकोट गाउँपालिका–८, तल्लोफाँटमा पहिरो खस्दा रिडी–वामी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गुल्मीमै रुद्रवेणी–वामी सडक अवरुद्ध छ । डहरे खोलामा बाढीका कारण सत्यवती गाउँपालिका–६ मा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अरू कतिपय सडक यसअघिदेखि नै अवरुद्ध छ। मंगलबार बिहान १० बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्