Logo

बन्द हड्ताल फिर्ता लिन महासंघको आग्रह, बन्दबाट दैनिक अर्वौं घाटा

बन्द हड्ताल फिर्ता लिन महासंघको आग्रह, बन्दबाट दैनिक अर्वौं घाटा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ पुस,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । बन्दले दैनिक अवौंको घाटा हुने भएकोले यस्तो आग्रह गरिएको महासंघले बताएको छ ।

महासंघले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी सवै राजनीतिक दलहरु समक्ष औपचारिक रुपमानै सहकार्य र सहमतिमा संविधान ल्याउन समेत आग्रह गरेको छ ।

माघ ८ आउन केही दिनमात्र वांकी रहेकोले राजनीतिक दलहरुलाई एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उद्यमी व्यवसायी तथा नागरिकको चाहना विपरित बन्द हड्ताल गरेकोमा महासंघको  ध्यानआकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले विगतमा वन्द हड्तालको संस्कृतिको अन्त्य गर्न पटक पटक राजनीतिक दलहरुलाई गरेको आग्रह र दवावका कारण यस्ता गतिविधि केही कम भएको थियो ।

बन्द हड्ताल रोकिएकोले आर्थिक अवस्था र लगानीको वातावरणमा पनि विस्तारै सुधार हुंदै आएको महासंघले बताएको छ । तर, पछिल्लो समयमा देशका विभिन्न भागमा भएका श्रृंखलावद्ध वन्द हड्तालले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको महासंघले बताएको छ ।
बन्द हड्तालले अर्थतन्त्रलाई धरासायी बनाउने  भएकोले यस्तो कार्यक्रमलाई रोक्न महासंघले अपिल गरेको छ । बन्द हड्तालबाट आजसम्म कुनै पनि राम्रो उपलव्धी नभएकोले यस्ता कार्यक्रमको विकल्पमा विरोधका अन्य रचनात्मक र दवावमुलक कार्यक्रम ल्याउन समेत महासंघले आग्रह गरेको छ ।

साथै महासंघले जनताको स्वतन्त्र रुपमा हिड्डुल गर्ने, पेशा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित हुने वातावरण निर्माण गरिदिन सरकार र प्रमुख राजनीतिक पार्टी समक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL