काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैँछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
सम्भावित कार्यसुची अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बाणिज्य तथा आपुर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले जवाफ दिनेछन् ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री रघजी पन्तले राष्ट्रियसभामा उत्पति भएको तिलगंगा नेत्र विश्वबिधालय बिधेयक, २०८१ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधी) सबन्धी (पहिलो संसोधन) बिधेयक माथी राष्ट्रियसभावाट भएको संसोधनमाथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय सभा बैठकमा जलस्रोत बिधेयकका बारेमा छलफल हुने
राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । जसअनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सबन्धित मन्त्रिले उत्तर दिनेछन् ।
सार्बजनिक नीति तथा प्रत्यायोजित बिधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वबिधालय एेन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित बिधायनहरूको कार्यान्यवन अवस्था सबन्धी अध्ययन प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, पुर्व प्रतिनिधिसभा सदस्य गोबिन्दप्रसाद शर्मा र संबिधानसभा सदस्य रामअयोध्याप्रसाद यादवको निधनमा शोक प्रस्ताव पारित गरिने भएको छ ।