Logo

सेयर बजारमा सामान्य सुधार, झण्डै साढे ११ अर्बको कारोबार

सेयर बजारमा सामान्य सुधार, झण्डै साढे ११ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन सामान्य सुधार आएको छ । आइतबार बजार ०.४७ अंकले बढेर २६५५ को विन्दुमा कायम भएको हो ।

यो दिन २ करोड ५३ लाख ९३ हजार कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाखमा खरिद बिक्री भएको छ । ग्रीन डेभलपमेन्ट बैंकमा १० प्रतिशत, पियोर इनर्जी र छयाङदी हाइड्रोपावरमा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।

आइतबार सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८९ करोड १ लाख रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावर कम्पनीको ८७ करोड २० लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै आइतबार बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख ९१ हजार रुपैंया, राधी विद्युत कम्पनीको ५० करोड ७४ लाख २९ हजार रुपैयाँ, माउन्टेन इनर्जी डेभलपमेन्टको ५० करोड ३८ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्