Logo

उद्योग संगठन मोरङमा राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन, अन्य पदमा को–को भए चयन ?

उद्योग संगठन मोरङमा राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन, अन्य पदमा को–को भए चयन ?



काठमाडौं । उद्योग संगठन मोरङमा नन्दकिशोर राठीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

उद्योग संगठन मोरङ आगामी कार्यसमितिको निर्वाचनका लागि पूर्व प्रकाशित निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भएकाले उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित भएअनुसार सर्वसम्मत नेतृत्व चयन भएको हो ।

प्रमुख निर्वाचन अधिकृतका अनुसार राठीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष (वित्तिय क्षेत्र) सुरेन्द्र गोल्छा, उपाध्यक्ष (कृषि, जलश्रोत) बिपिन काबरा, उर्जा उपाध्यक्ष (रोजगारदाता), सुबोध कोइराला, कोषाध्यक्षमा पारस लुनिया सर्वसममत चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा दिपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोष कुमार भगत, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ सारडा र वीरेन्द्र राठी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्