काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन आग्रह गरेको छ । दूतावासले इजरायलमा रहेका नेपाली नागरिकलाई इजरायली होम फ्रन्ट कमाण्डले नयाँ निर्देशन जारी गरेको भन्दै स्थानीय सुरक्षा प्रोटोकल बारे जानकारी लिन र पालना गर्न आग्रह गरको छ ।
दूतावासले विज्ञप्तिमा भनेको छ- ‘यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई ईजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’
इजरायलले शुक्रबार बिहान इरानमाथि गरेको आक्रमणपछि स्थिति तनाव पूर्ण बनेको छ । इजरायलको आक्रमणपछि इरानले कडा जवाफ दिने चेतावनी दिएको छ ।