Logo

केन्द्रिय बैंकद्वारा बजारबाट १० महिनामा १९२ खर्ब प्रशोचन, २ अर्ब ७० करोड मात्रै परिचालन

केन्द्रिय बैंकद्वारा बजारबाट १० महिनामा १९२ खर्ब प्रशोचन, २ अर्ब ७० करोड मात्रै परिचालन



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपाल राष्ट्र बैंकले बजारबाट १ सय ९२ खर्ब बढी रकम प्रशोचन गरेको छ ।

यस अवधिमा केन्द्रिय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २४ खर्ब ६८ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १ सय ६७ खर्ब ६९ अर्ब ९० करोड गरी कुल १ सय ९२ खर्ब ३८ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।

यस्तै यसै अवधिमा केन्द्रिय बैंकको २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद १३ खर्ब २७ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्