Logo

राप्रपा नेता कमल थापा पक्राउ

राप्रपा नेता कमल थापा पक्राउ



काठमाडों । राजसंस्था पुनःस्थापनाको माग गर्दै जारी आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।

आइतबार काठमाडौंको नारायणचौरबाट बालुवाटारतर्फ प्रस्थान गर्न लागिएको राजावादी जुलुसमा प्रहरी हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रधानमन्त्री निवास घेर्ने योजनासहित अघि बढेको जुलुसलाई रोकेपछि प्रहरीले कमल थापा लगायतका नेताहरूलाई नियन्त्रणमा लिएको हो।

राजसंस्थाको पक्षमा जेठ १५ गतेदेखि सुरु भएको आन्दोलन दिनानुदिन तीव्र बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्