Logo

ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ आयोजना हुँदै, विभिन्न देशका प्रतिनिधिसँग परामर्श लिन सकिने

ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ आयोजना हुँदै, विभिन्न देशका प्रतिनिधिसँग परामर्श लिन सकिने



काठमाण्डौं । ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।
यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने छ ।
कार्यक्रम ग्लोबल कन्सल्टको नयाँ बानेश्वर, आलोकनगर स्थित कार्यालयमा हुनेछ । उक्त अवसरमा भिसा , डकुमेन्ट र बैंकिङ प्रोसेसको विषयमा परामर्श लिन सकिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार आफ्ना नानीबाबुलाई विदेशका विश्वविद्यालयमा पढाउन चाहानेले एक पटक विज्ञसंग परामर्श लिनैपर्ने हुन्छ । सबै क्षेत्रका विज्ञहरुलाई एउटै थलोमा भेट्न पाइने भएकाले यो एडमिशन साता विद्यार्थी र अभिभावकका लागि महत्वपूर्ण हुनेछ ।
ग्लोबल कन्सल्टले आफ्नो दशौं बार्षिकोत्सवका अवसरमा विभिन्न स्कलरसिप, आफ्नो सर्विसमा पचास प्रतिशतसम्म छुट,फोटो कन्टेष्ट, भिडियो कन्टेष्ट र बम्पर उपहार समेत प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्