Logo

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर नियुक्तिबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर नियुक्तिबारे छलफल हुने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

यो नियमित बैठक भए पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफल हुने सम्भावना छ । एक मन्त्रीले प्रशासनलाई बताए अनुसार पर्याप्त सहमति नभए पनि गभर्नर नियुक्तिको सम्भावना रहेको छ ।

गत बुधबार सरकारले अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सम्मिलित गभर्नर सिफारिस समिति गठन गरेको थियो ।

समितिले आजै गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्न सक्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल पनि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्