Logo

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कोशी प्रदेशको पनि आजै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कोशी प्रदेशको पनि आजै



काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैठौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख घर्तिमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ ।

सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनाहरूलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्गानिक खेती प्रणालीको विकास गर्ने लगायतका विषयहरूलाई प्राथमिकतामा राखिएको छ ।

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदै

कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।

आजको प्रदेशसभा बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख खापुङले प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ

प्रतिक्रिया दिनुहोस्