Logo

८० अर्ब भन्सार छुटको अभिलेख गायब

८० अर्ब भन्सार छुटको अभिलेख गायब



काठमाडौं । सरकारले आर्थिक ऐन, २०८० अनुसार दिएको करिब ८० अर्ब रुपैयाँ बराबरको भन्सार छुटको अभिलेख सरकारी निकायमै हराएको देखिएको छ ।

महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनअनुसार भन्सार विभागको तथ्याङ्क प्रणाली ‘आसिकुडा’ अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख बराबरको भन्सार राजस्व छुट दिइएको छ । तर, आन्तरिक राजस्वसमेत समेटिएको छुटको कुनै आधिकारिक अभिलेख अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागमा नरहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार साफ्टा सुविधा अन्तर्गत मात्र ४ अर्ब ८७ करोड ९९ लाख बराबरको भन्सार महसुल र मूल्य अभिवृद्धि कर छुट दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्